पूर्वमन्त्रीले घुस दिएको प्रकरण अख्तियारको नोटिसमा, छानबिनमा पुष्टि भए उनैलाई कारबाही हुनसक्ने !

नेपालभ्युज

पूर्वमन्त्रीले घुस दिएको प्रकरण अख्तियारको नोटिसमा, छानबिनमा पुष्टि भए उनैलाई कारबाही हुनसक्ने !

काठमाडौं । पूर्वमन्त्री तथा सांसद् वीरेन्द्र महतोले आफूले ५ हजार रुपैयाँ घुस दिएर काम गराएको खुलासा गरेपछि अख्तियारले ‘घटना नोटिसमा रहेको’ बताएको छ । घुस लिने कर्मचारीसँगै घुस दिनेलाईसमेत भ्रष्टाचार मुद्दा चलाउँदै आएको अख्तियारले यस भनाइबारे पनि  छानबिन गर्ने बताएको छ ।

प्रतिनिधिसभा बैठकमा आइतबार प्रधानमन्त्रीको विश्वासको मतसम्बन्धी प्रस्तावमाथिको छलफलका क्रममा पूर्वमन्त्री महतोले शिक्षामन्त्रालय अन्तरगर्त सानो ठीमीमा ५ जार रुपैयाँ घुल दिएको आएको घोषणा गरेका छन् ।

उनको यो भनाइपछि नेपालभ्यूजसँग कुरा गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता नरहरि घिमिरेले भने, ‘‘सार्वजनिक रुपमा कसैले घुस दिएको कुरा गर्छ भने त्यो हाम्रो नोटिसमा रहन्छ । छानबिनको विषय पनि बन्न सक्छ ।’’

यसअघि अख्तियारले घुस लिने कर्मचारीसँगै घुस दिनेलाईसमेत भ्रष्टाचार मुद्दामा चलाउँदै आएको थियो । विशेष अदालतले दोषी ठहर गर्दै सजाय सुनाएको पनि थियो ।

तर, पूर्वमन्त्री तथा सांसद महतोले घुस दिएको कुरा संसदमा बताएकाले संसदमा बोलेको कुरामा कारबाही नहुन सक्ने कानुन छ । यसमा कतिपयले भने सम्बन्धित व्यक्तिको नैतिकताको कुरा भएको बताएका छन् । कतिपयले घुस खुवाउनेलाई पनि कारबाही नै हुनसक्ने दाबी गरेका छन् ।

पूर्वमन्त्री वीरेन्द्र महतोले संसद्‍मै भने- ‘मैले हिजो ५ हजार घुस खुवाएर काम गराएँ’

महतोले के भनेका थिए

‘‘म एउटा सानो उदाहरण दिन चाहन्छु म भूपूमन्त्री मैले हिजो शिक्षामन्त्रालयको सानो ठीमीमा ५ हजार रुपैयाँ घुस दिएर आको छु । कसले पत्याउँछ । पत्याउनुहुन्छ ? मेरो छोराको सर्टिफिकेट ईक्यूभ्यालेन्ट गर्नुपर्ने थियो । मैले ११ बजे पठाएको ३ बजेसम्म काम गर्दिएनन्, यो मिलेन त्यो मिलेन भनियो । किन मिलेन के भएन भन्दा सबै कागज मिलेको छ । म आफैँ गएँ । म जाँदा एउटा अधिकृतले के भन्यो भने भाइ भर्खरै १० वटा विद्यार्थीलाई तिमिले गरेका छौ, यो एउटा किन गरेनौ भन्दाखेरी होइन यो चिया खाने टाइम हो भनेर गए । ४ बजेसम्म आएनन् । एउटा बिचौलियालाई गएर ५ हजार रुपैयाँ दिएँ । म बसिरहेँ पाँच मिनेटमा काम गराएर ल्याएँ । अनि हामी सुशासनको कुरा गछौँ भ्रष्टचारको कुरा गछौँ ।’’


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved