पूर्वमन्त्रीले ५ हजार घुस दिएको प्रकरण : गृहमन्त्री भन्छन्- छानबिन गर्न निर्देशन दिएको छु

नेपालभ्युज

पूर्वमन्त्रीले ५ हजार घुस दिएको प्रकरण : गृहमन्त्री भन्छन्- छानबिन गर्न निर्देशन दिएको छु

काठमाडौं । गृहमन्त्री रमेश लेखकले जनता समाजवादीका सांसद तथा पूर्वमन्त्री डा. वीरेन्द्र महतोले संसद् बैठकमा सम्बोधन गर्दै आफूले पाँच हजार रुपैयाँ घुस दिएको अभिव्यक्तिप्रति सरकार गम्भीर रहेको बताएका छन् ।

मंगलबार प्रतिनिधि सभामा सांसदहरूले उठाएको प्रश्नको जवाफ दिँदै गृहमन्त्री लेखकले सो सम्बन्धमा व्यक्तिगत रूपमा सांसद महतोसँग आफूले कुरा गरिसकेको बताए ।

‘मैले व्यक्तिगत रूपले त्यो कुरा सोधेर त्यो मान्छे चिनाउनको लागि सहयोग गर्न पनि आग्रह गरेको छु ।’ लेखकले भने, ‘प्रहरीलाई उक्त घटनाको तत्काल छानबिन गर्नको लागि आवश्यक निर्देशन दिइसकेको छ । यो विषयलाई सरकारले गम्भीरतापूर्वक लिएको छ।’

पूर्वमन्त्री महतोले आइतबार छोराको सर्टिफिकेट ईक्यूभ्यालेन्ट गर्न घुस दिएको बताएका थिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved