विराटनगरको मध्य बजारमा एक युवाको हत्या, दुई घाइते

नेपालभ्युज

विराटनगरको मध्य बजारमा एक युवाको हत्या, दुई घाइते
सांकेतिक तस्वीर

काठमाडौं । विराटनगरमा एक युवाको हत्या भएको छ । अन्य युवा गम्भीर घाइते भएका छन् ।

मृतक र घाइतेको शरीरमा धारिलो हतियार प्रहार भएको छ । सोमबार राति १० बजेतिर विराटनगर महानगरपालिकाको नेपाल टेलिकमनजिक तीन युवा गम्भीर अवस्थामा भेटिएका थिए ।

घाइतेमध्ये कटहरी गाउँपालिका–१ जमटोकीका २१ वर्षीय करण कामतको मृत्यु भएको हो ।  कटहरी–१ जमटोकीकै २२ वर्षीय विक्रम मण्डल र १७ वर्षीय अमन राय घाइते छन् ।

घाइतेको नोबेल शिक्षण अस्पतालमा उपचार भइरहेको छ ।

मृतक कामतको छाती र कम्मरको भागमा चक्कु प्रहार भएको प्रहरीले जनाएको छ ।  घाइते रायको अवस्था गम्भीर छ । उनको कोखा र ढाडमा धारिलो हतियार प्रहार भएको छ । मण्डलको पाखुरा र ढाडमा चोट छ ।

घटनामा संलग्नको खोजी भइरहेको छ । घटनाको कारणबारे प्रहरीले अनुसन्धान सुरु गरेको छ ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved