काठमाडौं । यो साता सेयर बजारमा उछाल आएको छ । साताको कारोबारको पहिलो दिन दोहोरो अंकले घटेको बजार परिसूचक बाँकी सबै दिन सकारात्मक रूपमा बढेको छ ।
पहिलो दिन १४ दशमलव ८३ अंकले घटेर २०३७ दशमलव ०९ को विन्दुबाट कारोबार सुरु गरेको बजार परिसूचकले कारोबारको अन्तिम दिनसम्म आइपुग्दा २११९ दशमलव ६९ को विन्दु कायम गरेको छ ।
मंगलबार सत्ता समीकरणको हल्लाले सेयर लगानीकर्ताहरूमा उत्साह देखिको थियो सो दिन बजारले दोस्रो पटकसम्म सर्किट ब्रेक गरेको थियो । समग्रमा यो साता बजार परिसूचक ६८ दशमलव १७ अंकले बढेको छ । भने २२ अर्ब ८५ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । यो साता नेपाल फाइनान्स लिमिटेडले धेरै कारोबार गरेको छ ।
साताको कारोबारको पहिलो दिन नेप्से परिसूचक १४ दशमलव ८३ अंकले घटेर २०३७ दशमलव ०९ को विन्दुमा पुगेको थियो । आइतबार ३२० कम्पनीका ५० हजार ९ सय ५२ पटकको कारोबारमा ९१ लाख ७८ हजार ८ सय ९५ कित्ता सेयर खरिद बिक्री भएको थियो ।
जसमा कारोबार रकम ३ अर्ब ६० करोड ७१ लख ९८ हजार ४०७ रुपैयाँ रहेको थियो । निर्माण कम्पनी र फाइनान्स कम्पनी सामान्य बढेको थियो । आइतबार नेपाल फाइनान्स लिमिटेडको कारोबार सर्वाधिक भएको थियो ।
साताको कारोबारको दोस्रो दिन आज सेयर बजार परिसूचक १६ दशमलव २९ अंकले बढेर २०५३ दशमलव ३८ को विन्दुमा पुगेको थियो । आज ३२३ कम्पनीको ४४ हजार १ सय ६९ पटकको कारोबारमा ७१ लाख ६५ हजार ७ सय ३५ कित्ता सेयर खरिद बिक्री भएको थियो ।
जसमा कारोबार रकम २ अर्ब ९९ करोड ९९ लाख ६५ हजार रुपैयाँ रहेको थियो । सर्वाधिक बढ्नेमा विकास बैंक र होटेल रहेका थिए भने नेपाल फाइनान्स कम्पनीको कारोबार सबैभन्दा बढी भएको थियो ।
साताको कारोबारको तेस्रो दिन सेयर बजार परिसूचक ४७ दशमलव ०४ अंकले बढेर २१०० दशमलव ४३ को विन्दुमा पुगेको थियो । आज ३१५ कम्पनीका ६० हजार ७ सय २० पटकको कारोबारमा ११ करोड ६४ लाख ५ हजार ९ सय ५ कित्ता सेयर खरिद बिक्री भएको थियो ।
जसमा कारोबार रकम ४ अर्ब ५७ करोड ६८ लाख ३१ हजार ७ सय २० रुपैयाँ रहेको थियो । निर्जीवन बीमा, जीवन बीमा र निर्माण कम्पनीहरूले सर्वाधिक कमाएका थिए भने बाँकी १० वटामा पनि हरियाली छाएको थियो । मंगलबार एनआरएन इन्फ्रास्ट्रक्चर र विकास कम्पनीको कारोबार सर्वाधिक भएको छ ।
साताको कारोबारको चौथो दिन नेप्से परिसूचक ३ दशमलव ७९ अंकले बढेर २१०४ दशमलव २२ को विन्दुमा पुगेको थियो । ३१४ कम्पनीका ६१ हजार १ सय ९९ पटकको कारोबारमा १ करोड ७१ लाख ३४ हजार ८२ कित्ता सेयर खरिद बिक्री भएको थियो ।
जसमा कारोबार रकम ५ अर्ब ८ करोड ३५ लाख २८ हजार रुपैयाँ रहेको थियो । निर्माण कम्पनी सर्वाधिक घट्दा विकास बैंक, फाइनान्स र अन्य कम्पनीहरू सर्वाधिक बढेका थिए । मञ्जुश्री फाइनान्सको कारोबार सर्वाधिक भएको थियो ।
साताको कारोबारको अन्तिम दिन सेयर बजार परिसूचक १५ दशमलव ४६ अंकले बढेर २११९ दशमलव ६९ को विन्दुमा पुगेको थियो । ३१३ कम्पनीका ८४ हजार १ सय २६ पटकको कारोबारमा २ करोड २१ लाख ६७ हजार ६ सय ७८ कित्ता सेयर खरिद बिक्री भएको थियो ।
जसमा कारोबार रकम ६ अर्ब ४८ करोड २५ लाख ४६ हजार ९ सय ८० रुपैयाँ रहेको थियो । निर्माण कम्पनी र फाइनान्स कम्पनी घटेका थिए । अन्खु खोला जलविद्युत कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको थियो ।
Facebook Comment
Comment