पर्यटन विकास आयोजना काठमाडौंका एक इन्जिनियर र दुई सव-इन्जिनियरविरुद्ध भ्रष्टाचार मुद्दा

नेपालभ्युज

पर्यटन विकास आयोजना काठमाडौंका एक इन्जिनियर र दुई सव-इन्जिनियरविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पर्यटन विकास आयोजना इकाई कार्यालय, काठमाडौंका एक इन्जिनियर र दुई सव-इन्जिनियरविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

घुस लिई भ्रष्टाचार गरेको भन्दै आयोगले शुक्रबार विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए । आरोपपत्रमा इन्जिनियर राजिव बस्नेत, सव-इन्जिनियरद्वय राजन कुमार भट्टराई र संजय अर्याललाई प्रतिवादी बनाइएको छ ।

निर्माण कार्य सम्पन्न पश्चात अन्तिम बिल भुक्तानी गर्ने प्रयोजनका लागि सेवाग्राहीबाट लिएको १७ हजार घुससहित उनीहरुलाई आयोगको टोलीले केहीदिन अघि पक्राउ गरेको थियो ।

बिगो र कैद माग गरी मुद्दा दायर गरिएको आयोगले जनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved