पाँचथरमा भएको ग्याङ्फाइटमा एक युवाको हत्या

नेपालभ्युज

पाँचथरमा भएको ग्याङ्फाइटमा एक युवाको हत्या

काठमाडौं । पाँचथरमा भएको ग्याङ्फाइटमा एक युवकको हत्या भएको छ । फिदिमका ३७ वर्षीय दिनेशकुमार राईको कुटपिटबाट हत्या भएको हो ।

युवाहरुको समूहले गएराति राईलाई कुटपिट गरेका थिए ।

कुटपिट गर्दा गम्भीर घाइते भएका राईको उपचारका क्रममा आज बिहान पाँचथर जिल्ला अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

स्थानीय धनकुमार राईको घरमा गएराति धामी झाँक्रीको नाच हेर्न गएको बेला दिनेशसहित उनका साथीहरु पर्शुराम राई, ध्रुव राई र पुष्कर विकमाथि कुटपिट भएको थियो ।

उनीहरुलाई स्थानीय २० जनाको समूहले कुटपिट गरेको स्थानीयले बताएका छन् ।

कुटपिटबाट ध्रुव, पर्शुराम र पुष्कर पनि घाइते भएका छन् ।

घाइतेमध्ये धुव राईको पाँचथर अस्पतालमा उपचार भइरहेको छ । झगडाको कारण खुलेको छैन । कुटपिट गर्नेहरु फरार छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved