रुस-युक्रेन युद्ध सुरु भएयता सी र पुटिनबीच पाँचौं पटक भेटवार्ता

नेपालभ्युज

रुस-युक्रेन युद्ध सुरु भएयता सी र पुटिनबीच पाँचौं पटक भेटवार्ता

काठमाडौं । रुसी राष्ट्रपति पुटिन र चिनियाँ राष्ट्रपति सी जिनपिङबीच भेटवार्ता भएको छ ।

कजाखस्तानको अस्तानामा सांघाई कोअपरेसन अर्गनाइजेसन (एससीओ)को तीनदिने शिखर सम्मेलनमा भाग लिन गएका सी र पुटिनबीच भेटवार्ता भएको हो । दुई नेताबीच पछिल्लो दुई महिनामा यो दोस्रो भेट हो ।

सो क्रममा दुवै नेताले एकअर्कासँगको सम्बन्धको प्रशंसा गरेका थिए । पुटिनले जिनपिङसँगको भेटमा बेइजिङ र मस्कोबीचको सम्बन्ध कहिल्यै नराम्रो नभएको बताए ।

चिनियाँ राष्ट्रपति सी जिनपिङले पुटिनको प्रशंसा गर्दै उनलाई ‘पुरानो साथी’ भनेका छन् ।

रुस–युक्रेन युद्ध सुरु भएयता यी दुईबीचको यो पाँचौं भेट हो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved