एसइई उत्तिर्ण विद्यार्थीलाई प्रेरणा दिन एमाले अध्यक्ष ओली आज बुटवल जाने

नेपालभ्युज

एसइई उत्तिर्ण विद्यार्थीलाई प्रेरणा दिन एमाले अध्यक्ष ओली आज बुटवल जाने

काठमाडौं । एसइई उत्तिर्ण विद्यार्थीलाई उत्प्रेरणा जगाउन एमाले अध्यक्ष केपी शर्मा ओली बुटवल जाँदैछन् । ओलीले बुटवलमा रुपन्देहीका एक हजारभन्दा बढी विद्यार्थीलाई सम्मान गर्ने छन् ।

कार्यक्रममा ओलीले विद्यार्थीलाई उच्च अध्ययनका लागि प्रेरणा प्रदान गर्ने बताइएको छ ।

बुटवलको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा रुपन्देहीका विद्यालयबाट २०८० सालको एसईईमा ३ दशमलव ६ जीपीए प्राप्त गर्न सफल एक हजार २८ विद्यार्थीलाई एक ठाउँमा सहभागी गराएर पार्टी अध्यक्ष ओलीमार्फत सम्मानको कार्यक्रम तय गरिएको हो ।

कार्यक्रम दिउँसो साढे १२ बजे हुने छ । कार्यक्रममा विभिन्न विद्यालयका प्राचार्य, शिक्षक तथा बुद्धिजीवीहरूको पनि सहभागिता रहनेछ ।

कार्यक्रममा अध्यक्ष ओलीसहित उपाध्यक्ष विष्णुप्रसाद पौडेल, अनेरास्ववियुका अध्यक्ष समिक बडाललगायतका नेताहरू सहभागी हुने छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved