गृहमन्त्री लामिछाने विरुद्धको मुद्दामा बहस सकिए आज आदेश हुनसक्ने

नेपालभ्युज

गृहमन्त्री लामिछाने विरुद्धको मुद्दामा बहस सकिए आज आदेश हुनसक्ने

काठमाडौं । गृहमन्त्री रवि लामिछानेलाई निलम्बन गर्नु पर्ने माग गर्दै दर्ता भएको रिटमा आज जवाफी बहस हुने भएको छ ।

हिजो बहस नसकिएपछि आज पनि जवाफी बहस हुने भएको हो । रिटकर्ता अधिवक्ता अनुपम भट्टराई र सहकारीपीडितका तर्फबाट हिजो जवाफी बहस भएको थियो ।

अब केही अधिवक्ताले बहस गरेपछि लामिछानेको सहकारी ठगी प्रकरणमा आदेश हुनेछ ।

सहकारी ठगीमा नाम जोडिएका गृहमन्त्री लामिछानेलाई महान्यायाधिवक्ता कार्यालयले उजुरी र अभियोजन नरहेको भन्दै पत्र दिएको थियो ।

कास्कीमा सूर्यदर्शन सहकारीका पीडितले लामिछानेविरुद्ध किटानी जाहेरी दिए पनि महान्यायाधिवक्ता कार्यालयले लामिछानेलाई ‘क्लिन चिट’ दिएपछि अधिवक्ता भट्टराईले रिट दायर गरेका थिए ।

यही असार ७ गते सर्वोच्चका न्यायाधीशद्वय सपना प्रधान मल्ल र सारंगा सुवेदीको इजलासमा परेको रिट त्यसयता ‘हेर्दाहेर्दै’मा पर्दै आएको छ ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved