काठमाडौंमा कल्भर्टबाट कार खस्दा चालकको मृत्यु

नेपालभ्युज

काठमाडौंमा कल्भर्टबाट कार खस्दा चालकको मृत्यु
फाइल फोटो

काठमाडौं । काठमाडौंको नागार्जुन नगरपालिकाको रामकोटमा सडकबाट कार खस्दा चालकको मृत्यु भएको छ ।

सितापाईला सिभिल होमस्थित छमछमे खोलाको कलभर्टमा छमछमे खोलाको कल्भर्टबाट खोलामा कार खस्दा पूर्ण दर्नालको  मृत्यु भएको हो ।

चालक दर्नाललाई प्रहरीले उद्दार गरी उपचारको लागी मनमोहन मेमोरियल अस्पतालमा लगिएकोमा चिकित्सकले उनलाई मृत घोषणा गरेको प्रहरीले बताएको छ।

कार बिहान साढे ५ बजे तिर खोलामा खसेको स्थानीयले बताएका छन् ।

मृतक दर्नाल नागार्जुन नगरपालिका–६ खरिबोटका बासिन्दा हुन् । घटनाबारे प्रहरी वृत्त स्वयम्भूले अनुसन्धान सुरु गरेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved