काठमाडौं । नेपाली कांग्रेसका सांसद राजेन्द्र बजगाईंले बीआरआई सम्झौतालाई संसद्मा उपलब्ध गराउन माग गरेका छन् ।
‘सन् २०१७ मे १२ मा नेपाल र चीनले एमओयू साइन गरे । त्यो डकुमेन्ट हाम्रो संसद्मा उपलब्ध छैन । हामी सार्वभौम नेपालीहरूले हेर्ने गरी र सार्वभौम संसद्हरूले पढ्ने गरी आज रुलिङ होला भन्ने अपेक्षा राखेको छु’, उनले भने ।
बजगाईंले बीआरआई चीनको मुख्य रणनीतिक कार्यक्रम भएको बताए । उनले बीआरआई एमसीसीको प्रतिस्पर्धी कार्यक्रम नभएको बताए ।
‘एमसीसी ग्रान्ट थियो । बीआरआईले सफ्ट लोन भन्छ । २ देखि ४ प्रतिशतसम्म ब्याजदर तोकिएको छ’, उनले भने ।
बजगाईंले चीनसँग ऋण नै लिनुहुन्न भन्ने नभएको तर नेपालले चर्को ब्याजदर बोक्न नसक्ने बताए ।
सम्बन्धित समाचारहरूः
बीआरआई सम्झौता गरेर देशलाई ऋणको भार नबोकाउन सांसद विकको आग्रह
एमसीसी र बीआरआईबीचको अन्तर स्पष्ट पार्न चित्रबहादुर केसीको माग
Facebook Comment
Comment