विश्वप्रकाश शर्माको प्रश्न- गृहमन्त्रीले जीबी राईको लोकेसन पत्ता लाग्यो भनेको भगाउनलाई हो ?

नेपालभ्युज

विश्वप्रकाश शर्माको प्रश्न- गृहमन्त्रीले जीबी राईको लोकेसन पत्ता लाग्यो भनेको भगाउनलाई हो ?
फाइल फोटो

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री समेत रहेका प्रतिनिधि सभा सदस्य विश्वप्रकाश शर्माले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले ‘जीबी राईको लोकेसन पत्ता लागिसक्यो’ भनेर दिएको अभिव्यक्तिको औचित्यप्रति आशंका व्यक्ति गरेका छन् ।

आइतबार प्रतिनिधि सभाको आकस्मिक समयमा बोल्दै शर्माले भने, ‘लोकेसन पत्ता लागिसक्यो भनेको जीबी राईलाई भगाउनलाई हो ? माइकबाट फुकेर लोकेसन पत्ता लागिसक्यो भनेर स्टन्डबाजी गर्ने ? कि सरकार चाँडै नै जीबी राईलाई हाजिर गराउँदैछ ?’

मलेसियाका गृहमन्त्रीले नेपालका गृहमन्त्रीसँग कुरा गरेको भनेर गोपनीयता नखोलेको तर नेपालका गृहमन्त्री लामिछानेले भने गोपनीयता खोलेको बताए । ‘हाम्रा गृहमन्त्रीले राजपत्रमा छाप्नबाहेक मिडियामा बिस्कुन लगाउनुहुन्छ’, उनले भने ।

लोकेसन पत्ता लागिसकेको भए चार दिन बित्दासमेत किन पक्राउ गरेर नल्याउको त भन्ने उनको प्रश्न थियो । गृहमन्त्री लामिछानेले सुपर्दगी सन्धी नभएकाले राईलाई मलेसियाबाट ल्याउन कठिन भएको बताएका थिए । तर शर्माले भने मलेसियाको कानुन अनुसार प्रक्रिया पुर्‍याउन ल्याउन सकिने दाबी गरे ।

उपप्रधान तथा गृहमन्त्री लामिछानेले गत बिहीबार सहकारी ठगीको आरोप लागेका र अहिले फरार रहेका जीबी राई मलेसियामा रहेको र उनको लोकेसन पत्ता लागिसकेको बताएका थिए ।

चितवनमा पत्रकारहरूसँग कुरा गर्दै उनले भनेका थिए, ‘हामीलाई लोकसन थाहा भइसकेको छ । मलेसियाका गृहमन्त्रीले नै कन्फर्म गरिसक्नुभएको छ ।’

जीबी राईको लोकेसन पत्ता लागिसक्यो : गृहमन्त्री लामिछाने


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved