जीबी राईको लोकेसन पत्ता लागिसक्यो : गृहमन्त्री लामिछाने

नेपालभ्युज

जीबी राईको लोकेसन पत्ता लागिसक्यो : गृहमन्त्री लामिछाने
फाइल फोटो

काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले जीबी राई मलेसियामा रहेको र उनको लोकेसन पनि कन्फर्म भइसकेको बताएका छन् ।

बिहीबार चितवनमा पत्रकारहरूसँग कुरा गर्दै उनले भने, ‘ हामीलाई लोकसेन थाहा भइसकेको छ । मलेसियाका गृहमन्त्रीले नै कन्फर्म गरिसक्नुभएको छ ।’

लामिछानेले जीवी राईलाई पक्राउ गर्ने विषयमा आफूहरू अनुसन्धानबाट धेरै नजिक पुगिसकेको पनि बताए ।

‘यस बीचमा दुई पटक मलेसियाको गृहमन्त्रीसँग कुराकानी भएको छ । आजभन्दा तीन चार दिनअगाडि पनि मेरो उहाँसँग कुराकानी भएको छ । सुपर्दगी सन्धी नभएका कारण कूटनीतिक पहलहरूमा समय लागेका छ । तर हामी धेरै नजिक छौँ’, उनले भने ।

उनले आफूहरूले राईलाई फिर्ता ल्याउनका लागि दिनरात कोसिस गरिरहेको भन्दै यस विषयमा सबैभन्दा बढी हुटहुटी पनि आफूलाई रहेको बताए ।

सहकारी ठगीको आरोप लागेका जीबी राई हाल फरार छन् । उनी मलेसियामा रहेको बताइन्छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved