काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) स्वदेश फर्किएका छन् ।
ब्राजिलको साओ पाउलो शहरमा भएको मेट्रोपोलिस निर्देशक समितिको बैठकमा भाग लिएर उनी शनिबार स्वदेश फर्किएका हुन् । शाह असार ३ गते ब्राजिल प्रस्थान गरेका थिए ।
उनले बैठकमा भएका छलफलबारे जानकारी दिएका छन् । शहर केन्द्रित बसाइँसराइको क्रमले भविष्यमा बढ्ने चाप व्यवस्थापन गर्न अहिलेदेखि नै नीति र संयन्त्र बनाउनु पर्ने शाहले बताए ।
उनले भने, ‘ठूला शहर केन्द्रित बसाइँसराइको क्रमले भविष्यमा बढ्ने चाप व्यवस्थापन गर्न अहिलेदेखि नै नीति र संयन्त्र बनाउनु पर्छ । भौगोलिक, सामाजिक, आर्थिक जस्ता कारणले फरक फरक ठाउँका शहरहरूको समस्या फरक हुन सक्छन् । यति भएर पनि केही साझा कार्यक्रम सञ्चालन हुन सक्छन् । बैठकमा यसका नीतिगत पक्षमा छलफल भयो,’
प्रमुख शाह मेट्रोपोलिस निर्देशक बोर्डको सदस्य हुन् ।
Facebook Comment
Comment