एनसेल सिम खरिदमा आफ्नै जन्मदिनको मिति छान्न पाइने 

नेपालभ्युज

एनसेल सिम खरिदमा आफ्नै जन्मदिनको मिति छान्न पाइने 

काठमाडौं । एनसेलको सिम खरिद गर्दा अब आफ्नै जन्मदिन, विवाह वर्ष अथवा कुनै पनि खास दिनको समय अनुसार नम्बर छान्न पाइने भएको छ । यसका लागि एनसेलले ९ लाख भन्दा बढी नम्बरहरूबाट उक्त नम्बर छान्न पाइन्छ ।

दूरसञ्चार सेवामा पहुँच दिनका साथसाथै व्यक्तिलाई खास दिनको सम्झना झल्काउन एनसेलले यस्तो गरेको हो । उक्त उदेश्यस्वरुप एनसेलले ‘मेरो नम्बर, मेरै च्वाइस’ योजना संचालनमा ल्याएको छ ।

यसका लागि ग्राहकले पछिल्लो ६ अंक उपलब्ध भए नभएको सजिलै हेरेर तत्काल अनलाइन बुकिङ गर्न सक्छन् । हाल प्रयोग गर्दै आएको मोबाइल नम्बरको पछिल्लो ६ अंक मिल्ने गरी नयाँ मोबाइल नम्बर लिन सकिने सुविधा यो योजनाको प्रमुख विशेषता हो ।

“मोबाइल नम्बर हाम्रो पहिचान बनी सकेको छ,”एनसेलका चीफ कमर्शियल अफिसर उमेर मोहसिनले भने, “आफूलाई जीवरभर यादगार रहने नम्बरका आधारमा आफ्नै मोबाइल नम्बर रोज्न सकिने यो विशेष योजना संचालनमा ल्याउन पाउँदा हामी एकदमै खुसी छौं ।’

एनसेलले फस्ट कम, फस्ट सर्भ बेसिसमा उपलब्ध नम्बरहरू वितरण गर्नेछ । यो सिम एनसेलले हाल संचालन गरिरहेको ‘सधैं अन’ प्लान अन्तर्गत ५९९ रुपैयाँदेखि १,४९९ रुपैयाँसम्मको प्लानमा बन्डल सेवाका रूपमा उपलब्ध गराउने छ ।

सधैं अन योजनाका प्लानहरू अन्तर्गत ग्राहकहरूले भ्वाइस, डेटा, निःशुल्क सामाजिक सञ्जाल डेटा र एसएमएस सेवा पाउँछन् । ८१२३३ डायल गरेर ‘सधैं अन’ प्लानहरू सुचारु गर्न सकिन्छ । बुकिङ गरिएको सिम ग्राहकले देशभर फैलिएका एनसेलका ३२ वटा एनसेल सेन्टरहरू मध्ये कुनै पनि सेन्टरमा गई लिन सक्नेछन् ।

काठमाडौं उपत्यकाको हकमा उपाय कार्गो सेवामार्फत होम डेलिभरी गराएर पनि यो सिम लिन सकिन्छ । बुकिङ गराएको नम्बर ७ दिन भित्र नलिएको खण्डमा सो नम्बर बुकिङको सूचिबाट स्वतः हट्नेछ र सो नम्बर अरू ग्राहकले पनि लिन सक्नेछन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved