काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह ब्राजिल प्रस्थान गरेका छन् ।
साओ पाउलो शहरमा आयोजित मेट्रोपोलिस निर्देशक समितिको बैठकमा भाग लिन शाह मंगलबार बिहान ब्राजिलतर्फ प्रस्थान गरेका हुन् ।
उनीसँगै महानगरका पूर्वाधार सल्लाहकार सुनिल लम्साल पनि गएका छन् । शाहलाई बिदाई गर्न प्रमुख प्रशासकीय अधिकृत प्रदीप परियार, स्वकीय सचिव भूपदेव शाहलगायतहरू त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल पुगेका थिए ।
मेट्रोपोलिस विश्वका ठूला महानगरहरूका बिचमा विश्वव्यापी सहयोग, संवाद, ज्ञान र समाधान आदानप्रदान गर्ने, सामुहिक आवाज बुलन्द गर्ने अन्तरराष्ट्रिय संस्था हो।
यसको बैठक असार ५ र ६ गते हुनेछ । शाह मेट्रोपोलिस निर्देशक बोर्डको सदस्य हुन् ।
शहरमा आवासका चुनौतीलाई सामना गर्न, सभ्य र सहज आवाससँग सम्बन्धित विषयमा छलफल गरेर सो बैठकले निष्कर्ष निकाल्ने अपेक्षा गरिएको छ । बैठकमा शाहले पनि सम्बोधन गर्ने तयारी छ ।
Facebook Comment
Comment