मस्जिदहरुमा बकर ईदको रौनक (तस्वीरहरू)

मस्जिदहरुमा बकर ईदको रौनक (तस्वीरहरू)

काठमाडौं । आज विश्वभरका ईस्लाम धर्मावलम्बीहरुले बकर (बक्र) ईद पर्व मनाउँदै छन् ।  ‘इद ऊ जोहा’ अथवा ‘ईल उद अधा’, को नामले मनाइने यो पर्व ईस्लाम पात्रो ‘हिजारी सम्वत्’ अनुसार नयाँ वर्षको ‘जुल हिज्जा’ महिनाको १०औं दिन मनाइन्छ ।

आजको बिहान सबेरै उठेर नुहाइ धुवाई गरेर शुद्ध भइ मस्जिदहरूमा गएर नमाज पाठ गरिन्छ । ईस्लामहरुले एकअर्कालाई अङ्गालोमा बाँधेर शुभकामना आदानप्रदान समेत गर्दछन् ।

नवाज पढेर घर फर्किएपछि खसी, बाख्रा, राँगा आदीको कुर्बानी (वली) दिने परम्परा रहिआएको छ ।

यसरी वली दिइएको पशुको मासु तीन भाग लगाइन्छ । जसमध्ये एक भाग आफ्नो लागि अर्को एक भाग आफ्ना नजिकका मित्रलाई र अन्तिम तेस्रो भाग गरिब तथा असहायलाई दिने गरिन्छ ।

तस्वीरहरु:-


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved