बन्दै गरेको संसद् भवनभित्र मदिरा बार निर्माण गर्न कांग्रेस सांसद बजगाईंको प्रस्ताव

बजगाईंले आफूले सन् २००६ तिर अमेरिकामा कंग्रेस र सिनेटको अफिस घुम्ने मौका पाएको प्रसंग जोड्दै उनले त्यहाँ मदिरा बार देखेको बताए ।

नेपालभ्युज

बन्दै गरेको संसद् भवनभित्र मदिरा बार निर्माण गर्न कांग्रेस सांसद बजगाईंको प्रस्ताव

काठमाडौं । नेपाली कांग्रेसका सांसद राजेन्द्र बजगाईंले अहिले बन्दै गरेको संसद् भवनभित्र मदिरा निर्माण गर्न प्रस्ताव गरेका छन् ।

‘अहिले बन्दै गरेको संसद् भवनभित्र विदेशी पाहुनाहरू आउँदाखेर सोसलाइजेसन गर्ने बार निर्माण गर्ने हो कि । मैले यसमा ध्यानाकृष्ट गर्न चाहेँ’, शुक्रबार प्रतिनिधि सभामा बोल्दै उनले भने ।

बजगाईंले आफूले सन् २००६ तिर अमेरिकामा कंग्रेस र सिनेटको अफिस घुम्ने मौका पाएको प्रसंग जोड्दै उनले त्यहाँ मदिरा बार देखेको बताए ।

‘सिनेटमा आतित्यथा गर्न जाने वा घुम्ने पाहुना वा पर्यटकहरूलाई त्यहाँ बार बनाइँदोरहेछ । डेमोक्र्याटहरूले आफ्नो बारमा सोसलाइजेसन गर्ने रहेछन्, रिपब्लिकनहरूले आफ्नो बारमा सोसलाइजेसन गर्ने रहेछन् । त्यहाँ ड्रिंक्स पनि खान पाइन्छ’, उनले भने ।

आफूले लन्डन स्कुल अफ इकोनोमिक्सको क्यान्टिनमा जाँदा पनि बार देखेको उनको भनाइ छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved