काठमाडौं । पाल्पाबाट बुटवल आउँदै गरेको निजी कार दुर्घटनाहुँदा तीन जनाको मृत्यु भएको छ । दुर्घटनामा २ जना घाइते भएका छन् ।
लु २ च ८५३१ नम्बरको कार नुवाकोटबाट जीतगढी झर्ने ओरालोमा अनियन्त्रित भइ सडकबाट एक सय मिटर तल खसेको छ ।
दुर्घटनामा स्याङ्जा घर भएका चालक ५६ वर्षिय रामप्रसाद शर्मा, तिलोत्तमा ३ का ५७ वर्षिया आशा श्रेष्ठ, ५० वर्षिया भगवती श्रेष्ठको मृत्यु भएको इलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ ।
उनीहरूसँगै एसएलसी दिएका ब्याजीहरूको भेला बुटवलमा सम्पन्न गरेर बुटवलमाथिको डाँडा नुवाकोट घुम्न गएका थिए ।
उनीहरु भ्युटावर क्षेत्र घुमेर बुटवल फर्कदै गर्दा राती साढे ८ बजेतिर दुर्घटनामा परेका थिए ।
दुर्घटनामा परी ज्यान गुमाएका शर्मा निजी क्षेत्रका कुशल बजार व्यवस्थापक हुन् । लामो समय चाउचाउको व्यवस्थापनमा सक्रिय शर्मा पछिल्लो केही समय यता मसला उद्योगको बजार व्यवस्थापनमा सक्रिय थिए ।
बुटवल मिलनचोकका ५६ वर्षीय चन्दा श्रेष्ठ, बुटवल ११ की ४६ वर्षीय लक्ष्मीता श्रेष्ठ घाइते भएका छन् । उनीहरुको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।
Facebook Comment
Comment