नेपाल सरकारको नुन खाएर विदेशी नागरिकताको रहर गर्ने महानुभावको जानकारी चाहियो : रघुजी पन्त

नेपालभ्युज

नेपाल सरकारको नुन खाएर विदेशी नागरिकताको रहर गर्ने महानुभावको जानकारी चाहियो : रघुजी पन्त
फाइल फोटो

काठमाडौं । नेकपा एमालेका सांसद रघुजी पन्तले नेपाल सरकारको उच्च पदमा रहेर विदेशीको नागरिकता लिनेहरूको जानकारी माग गरेका छन् ।

‘नेपाली सरकारको नुन खाँदाखाँदै विदेशीको नागरिकता लिन पनि रहर लाग्ने महानुभावहरू कोको रहेछन्, त्यो हामीले चिन्न पाउनुपर्‍यो’, प्रतिनिधि सभाको बुधबारको बैठकमा शून्य समयमा बोल्दै पन्तले भने ।

अख्तियार दुरूपयोग अनुसन्धान आयोगले सांसद, कर्मचारी लगायत सार्वजनिक पदमा रहेकाहरूले विदेशी नागरिकता तथा आवासीय अनुपति पत्र लिएको विषयमा छानबिन गर्न सरकारलाई निर्देशन दिएको समाचार सार्वजनिक भएको थियो ।

पन्तले अब सम्बन्धित प्रशासनले छिटो कारबाही गरेर त्यसको जानकारी संसद्लाई दिनुपर्ने माग राखे ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved