डिशहोमको २४–घण्टे अफर, २४ महिने रिचार्जमा अर्को ६–महिना निःशुल्क 

नेपालभ्युज

डिशहोमको २४–घण्टे अफर, २४ महिने रिचार्जमा अर्को ६–महिना निःशुल्क 

काठमाडौं । जारी आईसीसी पुरुष टी–२० विश्वकपमा नेपालले ग्रुप स्टेज अन्तर्गत भोली बुधबार बिहान ५ः१५ बजे श्रीलंकासँग आफ्नो दोस्रो खेल खेल्दै छ ।

यी दुई टिमबीच हुने खेलको खुसीयालीमा डिशहोम फाइबरनेटले २४ महिनाको रिचार्ज गर्दा अतिरिक्त ६–महिनाको सब्सक्रिप्सन निःशुल्क पाउने अफर ल्याएको हो ।  डिशहोमले आज दिउसो १ बजे ‘आयो गोर्खाली मैदानमा’ शीर्षकमा २४ महिनाको रिचार्ज गर्दा अर्को ६–महिनाको सब्सक्रिप्सन निःशुल्क गर्ने जनाएको छ ।

यो अफर आज दिउसो १ बजे (जेष्ठ २९ गते) देखी भोली दिउसो १ बजे (जेष्ठ ३०)सम्मका लागि मात्र लागु रहेको डिशहोम फाइबरनेटले जनाएको छ ।

यो अफर कुनै पनि डिशहोम फाइबरनेटको प्याकेज २४–महिनाको लागि रिचार्ज गर्ने ग्राहकले थप ६ महिनाको सेवा निःशुल्क प्राप्त गर्नेछन् र कुल ३० महिनाको सिमलेस कनेक्टिभिटी प्रदान गर्नेछन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved