समाजवादी मोर्चामा विचलन देखियोः विप्लव

नेपालभ्युज

समाजवादी मोर्चामा विचलन देखियोः विप्लव

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्र विक्रम चन्द ‘विप्लव’ले समाजवादी मोर्चामा विचलन आएको बताएका छन् ।

सोमवार जनकपुरमा भएको जनता समाजवादी पार्टीको प्रथम राष्ट्रिय महाधिवेशन कार्यक्रममा बोल्दै यस्तो बताएका हुन् । उनले नेपालमा समाजवादी मोर्चाको आवश्यकतालाई देखेर मोर्चा बने पनि पछिल्लो समय विचलन आएको र व्यस्थित रुपमा लानको लागि छलफल जारी रहेको बताए । उनले नेपालमा अहिले समाजवादी मोर्चाको आवश्यकता रहेको भन्दै मोर्चालाई निरन्तरता दिन आवश्यक रहेको उल्लेख गरे ।

उनले विश्वमा पुँजीवादले ठूलो युद्धको षडयन्त्र गरिरहेको बताए । उनले विश्व बजार, पैसा, अर्थतन्त्रको संकटलाई बहाना बनाएर युद्धद्वारा श्रमिक जनता माथि खेलवाड हुने काम भइरहेको भन्दै यस्तो कार्यले संसारलाई तेस्रो विश्व युद्धतिर लगिरहेको बताए । उनले ठूलो परिर्वतनपछि पनि नेपालमा जनताले न्याय नपाएको बताए । उनले नेपाललाई पनि कुनै न कुनै रुपले अशान्तितिर अर्को एउटा भिडन्ततिर डोर्‍याएको दाबी गरे ।

उनले नेपालमा श्रमिक जनता सचेत भएर अग्रगामी निकासको पक्षमा नभए ठूलो षड्यन्त्र हुने बताए । उनले समाजवाद नेपालको लागि मात्रै नभएर आजको विश्वको आवश्यकता भएको बताए ।

उनले भने, ‘नेपालमा अहिले समाजवादी मोर्चाको आवश्यकता छ । समाजवादी मोर्चा नेपालमा बन्यो तर अहिले पछिल्लो समय समाजवादी मोर्चामा विचलन आएको छ । छलफलहरु अगाडि बढी रहेको छ । नेपालमा समाजवादी आन्दोलन चाहिन्छ । विश्वमा पुँजीवादले ठूलो एउटा युद्धको षड्यन्त्र गरिरहेको छ ।’

उनले नेपालमा दलाल पुँजीवादले चुनावबाट राजनीतिलाई नियन्त्रण गरिरहेको दाबी गरे ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved