गण्डकीका मुख्यमन्त्री पाण्डेले आज विश्वासको मत लिने, भोट हाल्ने सांसदहरु हिजैदेखि रिसोर्टमा

नेपालभ्युज

गण्डकीका मुख्यमन्त्री पाण्डेले आज विश्वासको मत लिने, भोट हाल्ने सांसदहरु हिजैदेखि रिसोर्टमा
फाइल फोटो

काठमाडौं । अदालतको आदेश मार्फत पुनः पदमा फर्किएका गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले आज विश्वासको मत लिने भएका छन् ।

यसका लागि प्रदेश सभाको बैठक दिउँसो ३ बजे बोलाइएको छ ।

संविधानअनुसार पाण्डेले असार १३ गतेसम्ममा विश्वासको मत लिदा पनि हुन्थ्यो तर, नीति तथा कार्यक्रम र बजेट ल्याउनुअघि नै विश्वासको मत लिँदा सहज हुने भएकाले उनले समयसिमा अगावै विश्वासको मत लिन लागेका हुन् ।

संविधानको धारा १६८ (२) बमोजिम बनेको एमाले–माओवादीको बहुमतको सरकारका मुख्यमन्त्री खगराज अधिकारीलाई पदमुक्त गर्दै सर्वोच्चको आदेशअनुसार जेठ १६ गते पाण्डे मुख्यमन्त्री नियुक्त भएका थिए ।

६० सदस्यीय प्रदेश सभामा बहुमतका लागि पाण्डेलाई ३१ सांसदको आवश्यकता पर्छ । त्यहाँ कांग्रेस एक्लैको २७ सीट छ ।

पाण्डेले बहुमत पुरयाउन राप्रपाका २, नेपाल समाजवादी पार्टीको एक र स्वतन्त्र सांसद दीपक मनाङेलाई गठबन्धनमा सहभागी गराउने बताएका छन् ।

माओवादी चुनाव चिन्हबाट विजयी नेपाल समाजवादी पार्टीका सांसद फणिन्द्र देवकोटाले पनि आफू अलग्गै भएको बताउँदै आइरहेका छन् ।

विश्वासको मत लिने भएपछि कांग्रेस सांसदलाई हिजैदेखि रिसोर्टमा राखेर मुख्यमन्त्री पाण्डेले अन्य दल र सांसदसँग छलफल गरिरहेका छन् ।

मुख्यमन्त्री पाण्डेले विश्वासको मत पाउने स्थिति देखेपछि विपक्षी दल एमाले र माओवादीमा भने संशय पैदा भएको छ ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved