काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो अभिव्यक्तिलाई शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठसँग जोड्नु व्यर्थ रहेको बताएका छन् ।
शुक्रबार भरतपुर विमानस्थलमा पत्रकाहरूसँग कुरा गर्दै उनले आफ्नो अभिव्यक्ति कसैसँग सम्बन्धित नभएको दाबी गरे ।
‘मलाई कुनै देशको कथा सुनाएका थिए भनेको हुँ । त्यो कसैसँग सम्बन्धित छैन । संयोगले कसैसँग कुनै नाम मिले जस्तो पनि लाग्दैन । वतन र ठेगाना मिलेजस्तो पनि लाग्दैन । त्यसलाई अनावश्यक ढंगले जोड्नु व्यर्थ छ’, ओलीको भनाइ छ ।
केहीअघि एमाले अध्यक्ष ओलीले माइती देशमा घुम्न जाँदा समानुपातिक सांसद र मन्त्री भइन् रे भन्दै सुमना श्रेष्ठ लक्षित अभिव्यक्ति दिएका थिए ।
ओलीको अभिव्यक्तिको सामाजिक सञ्जालमा आलोचना भएको थियो । पछि प्रतिनिधि सभामा रास्वपा सांसद शिशिर खनालले पनि कटाक्ष गरेका थिए । स्वयं मन्त्री श्रेष्ठले पनि सामाजिक सञ्जालमा प्रतिवाद गरेकी थिइन् ।
ओलीलाई सुमनाको जवाफ : यो हरेक नागरिकको सम्मानको समय हो
ओलीलाई विश्वप्रकाशले भने- कसले कोसँग बिहे गर्ने भन्ने कुरा नितान्त व्यक्तिगत हो
सुमना, नोरा र पितृसत्ता !
Facebook Comment
Comment