बिरुवा रोपेर नेपालस्थित भारतीय राजदूतावासले मनायो विश्व वातावरण दिवस

नेपालभ्युज

बिरुवा रोपेर नेपालस्थित भारतीय राजदूतावासले मनायो विश्व वातावरण दिवस

काठमाडौं । नेपालस्थित भारतीय राजदूतावासले ललितपुर महानगरपालिकासँगको सहकार्यमा विश्व वातावरण दिवस मनाएको छ । बृहत् वृक्षारोपण कार्यक्रमको आयोजना गर्दै १५० बिरुवा रोपेर दूतावासले विश्व वातावरण दिवस मनाएको हो ।

ललितपुरको वार्ड नं १ स्थित सङ्कटा पुल, चारधाम मन्दिर परिसर नजिकै आयोजना गरिएको यस कार्यक्रममा वन तथा वातावरण मन्त्री नवल किशोर साह सुडी, ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जन र नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तव सहभागी थिए ।

कार्यक्रममा कैयौं राजनीतिक प्रतिनिधि, सरकारी अधिकारी, समाजसेवी र वातावरण प्रेमीको सहभागिता रहेको थियो । कार्यक्रममा वातावरणको संरक्षण र जर्गेना हेतु साझा प्रतिबद्धतामा विशेष जोड दिइएको थियो ।

नेपालका लागि भारतीय राजदूतले वातावरण संरक्षणको महत्वबारे जनचेतना फैलाउन र आउँदो पुस्ताका लागि वातावरणको रक्षा गर्ने बारे व्यक्तिगत तथा सामूहिक प्रयासलाई प्रोत्साहित गर्न विश्व वातावरण दिवसको अवसरमा सो कार्यक्रमको आयोजना गरिएको बताए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved