एजेन्सी । ब्रिटेमा बस्ने एक महिला जसको नाम लिडिया कोलिन्स हो, उनले आफ्नो ट्रान्सफर्मेशन गरेकी छन् ।
ट्रान्सफर्मेशनका क्रममा उनले आफ्नो करीब ४२ किलो तौल कम गरेकी छन् ।
लिडियाको तौल पहिला करीब ११० किलो थियो । तर अब उनी मात्र ६८ किलोकी छन् ।
खासकुरा, जब लिडिया आफ्ना बच्चा स्कूल छोड्न जान्थिन् उनका छोराछोरीका साथीले खिल्ली उडाउँथे । त्यसैले उनले ट्रान्सफर्मेशन गरिन् ।
१६ वर्षको उमेरदेखि नै लिडियाको तौल बढ्न थालेको थियो । यसको कारण थियो, उनले एकदमै धेरै बाहिरको खाना खान्थिन् र कुनै पनि शारीरिक क्रियाकलाप गर्दिनथिन् ।
लिडियाले तौल कम गर्नका लागि कैयौं अन्य विभिन्न तरिकाहरु अपनाइन्, तर कुनै पनि काम लागेन ।
लिडियाले भनिन्, “म सधैं भोकै हुन्थे, जसले गर्दा मलाई एकदमै दुःख लाग्थ्यो । मेरो स्वास्थ्य खराब भइरहेको थियो । घुँडाहरुमा दुखाई पनि हुन्थ्यो ।”
उनले त्यसपछि आफ्नो खानपानमा परिवर्तन गरिन् । लिडियाले नास्तामा अन्डासँग मफिन वा उसिनेको अन्डा, अमलेट खाने गर्छिन् ।
दिउँसोको खानामा स्वस्थ खालको स्यान्डविच र रातको समयमा घरमै पकाएको स्वस्थ खानाका साथ तरकारीहरु खाने गर्छिन् ।
उनलाई कफी एकदमै मन पथ्र्यो तर अब कफीमा चिनी राख्दिनन् । कागती र पुदिनासँग तातो पानी वा ग्रीन टी पनि पिउँछिन् । जसले उनलाई एकदमै फाइदा गरेको छ ।
लिडियाले खानपानका साथै सामान्य कसरतबाट आफ्नो शारीरिक क्रियाकलाप पनि सुरु गरेकी थिइन् । त्यसपछि उनले जिममा गएर कसरत गर्न थालिन् ।
यसरी उनले आफ्नो तौल घटाउने यात्रा तय गरेकी थिइन् । यसमा सफल पनि भइन् । जसलाई अहिले पनि उनले अपनाइरहेकी छन् ।
Facebook Comment
Comment