घुस लिएको आरोपमा कपिलवस्तु मालपोतका नायब सुब्बा खनालविरुद्ध भ्रष्टाचार मुद्दा

नेपालभ्युज

घुस लिएको आरोपमा कपिलवस्तु मालपोतका नायब सुब्बा खनालविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कपिलवस्तुको भूमिसुधार तथा मालपोत कार्यालय तौलिहवाका नायब सुब्बा नरहरी खनालविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

जग्गा नामसारी गरिदिने भन्दै सेवाग्राहीसँग ३० हजार घुस लिएको आरोपमा खनालविरुद्ध बिहीबार विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरिएको आयोगका सहायक प्रवक्ता देवीप्रसाद थपलियाले जानकारी दिए ।

आरोपपत्रमा कैद र बिगो माग गरीएको आयोगले जनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved