राष्ट्रिय ललितकला प्रदर्शनी २०८१ मा टासी शेर्पा प्रथम

नेपालभ्युज

राष्ट्रिय ललितकला प्रदर्शनी २०८१ मा टासी शेर्पा प्रथम

काठमाडौं । “राष्ट्रिय ललितकला प्रदर्शनी २०८१” मा टासी शेर्पा शलाका प्रथम भएका छन् ।

बागमती प्रदेशले २०८० चैत १२ देखि १६ गतेसम्म नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजित  ललितकला प्रदर्शनीमा उत्कृष्ट भएर राष्ट्रिय ललितकला प्रदर्शनी २०८१ मा १००० जना प्रतिस्पर्धीलाई पछि पार्दै गोकर्णेश्वर नगरपालिका-६ निवासी शेर्पा प्रथम भएका हुन् ।

शेर्पालाई संस्कृति,पर्यटन तथा नागरिक उड्डयनमन्त्री हीतबहादुर तामाङले नगद ६० हजार र प्रमाणपत्रसहिद सम्मान गरिएको छ ।

शेर्पाले प्रदर्शनीमा सम्पत्तिका लागि मरिहत्ते गर्ने वा भ्रष्टाचार गर्ने प्रवृत्ति बन्द गर्नुपर्छ । मरी लानु के छ र ? के साथमा लिएर जानेछौँ ? मृत्युपछि हामीले प्राप्त गर्न सकिने एक मात्र मूर्त सम्पत्ति भनेको ट्याटु र घाउको दाग हो भन्ने सन्देश सहितको कला प्रस्तुत गरेका थिए ।

राष्ट्रिय पुरस्कार बाट सम्मानित भएपछि उनलाई काठमाडौं-३ का सङ्घीय सांसद तथा अर्थ समितिका सभापति सन्तोष चालिसे, गोकर्णेश्वर नगरपालिकाका  प्रमुख दीपक कुमार रिसाल लगायतले सम्मान गरेका छन्।

विसं २०७७ सालमा नेपाल चेम्बर अफ कमर्सले आयोजना गरेको चित्रकला प्रतियोगितामा पनि टासी प्रथम भएका थिए ।

उनले विसं २०८० मा काठमाडौं विश्वविद्यालयबाट फाइन आर्ट्समा स्नातक तहको अध्ययन पुरा गरेका छन् । विगत ५ वर्षदेखि ट्याटु आर्टिसको रूपमा काम गर्दै आएका शेर्पाको बौद्ध टुसालमा कुबेर स्टुडियो नामको ट्याटु स्टुडियो रहेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved