पद्मकन्याको भित्तामा महानगरको मुराल (तस्वीरहरू)

नेपालभ्युज

पद्मकन्याको भित्तामा महानगरको मुराल (तस्वीरहरू)

काठमाडौं । काठमाडौं महानगरपालिका र सौगात आर्ट्स नेपालको सहकार्यमा बागबजारस्थित पद्मकन्या क्याम्पसको बाहिरी भित्तामा नेपालका विभिन्न सांस्कृतिक पहिचान बोकेका महिलाहरूको आकृति चित्रित भित्तेचित्र (मुराल) तयार पारिँदै छ । भित्तामा तयार पार्न लागिएको मुरालमार्फत विविध संस्कृतिको पहिचान, महिला सशक्तिकरण र एकताको सन्देश प्रस्तुत गरिएको छ।

महानगरपालिकाले यसअघि प्रज्ञा प्रतिष्ठानसँगको सहकार्यमा कोटेश्वरस्थित सरस्वती पार्कमा नेपाली फुटबलर सावित्रा भण्डारी (साम्बा) को मुराल बनाएको थियो । महानगरले सहरको सौन्दर्यीकरण अभियानअन्तर्गत काठमाडौंका विभिन्न स्थानमा यस्ता मुराल बनाएको छ ।

 

तस्बिरहरू: सफल प्रकाश श्रेष्ठ/ नेपाल फोटो लाइब्रेरी


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved