सुरक्षण मुद्रणका कार्यकारी निर्देशक पौडेल अर्को भ्रष्टाचार मुद्दामा दोषी ठहर

नेपालभ्युज

सुरक्षण मुद्रणका कार्यकारी निर्देशक पौडेल अर्को भ्रष्टाचार मुद्दामा दोषी ठहर

काठमाडौं ।  सुरक्षण मुद्रण केन्द्रका कार्यकारी निर्देशक विकल पौडेललाई विशेष अदालतले अर्को भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको छ ।

पौडेललाई सोमबार विशेष अदालतका अध्यक्ष टेक नारायण कुँवर र न्यायाधीशद्वय राम बहादुर थापा र रितेन्द्र थापाको इजलासले झुटा विवरण पेस गरी भ्रष्टाचार गरेको अभियोगमा  दोषी ठहर गरेको हो ।

अदालतले उनलाई भ्रष्टाचार निवारण ऐन २०५९ को दफा १६ को उपदफा अनुसार कसुर गरेको ठहर गर्दे १ वर्ष कैद र १० हजार जरिवाना हुने फैसला सुनाएको छ । पौडेलले आफ्नो अमेरिकाको स्थायी आवासीय अनुमतिपत्र रहेको कुरा ढाँटेर नेपालमा सरकारी सेवामा कार्यरत रहेको ठहर गर्दै अदालतले उक्त सजाय सुनाएको हो ।

यसअघि उनी २ वटा भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका थिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved