तेस्रो पटक म्याद थपका लागि सिरोहियालाई आज अदालत लगिँदै

नेपालभ्युज

तेस्रो पटक म्याद थपका लागि सिरोहियालाई आज अदालत लगिँदै

काठमाडौं । कान्तिपुर पब्लिकेसन्सका अध्यक्ष कैलाश सिरोहियालाई म्याद थपका लागि आज अदालत उपस्थित गराइँदैछ । धनुषा प्रहरीले आज तेस्रो पटक म्याद थपका लागि सिरोहियालाई अदालत लैजाने तयारी गरेको गरेको हो ।

यसअघि थपिएको तीन दिनको म्याद सकिएसँगै थप अनुसन्धान गर्नु पर्ने भएकाले म्याद थपका लागि अदालत उपस्थित गराउन लागिएको प्रहरीले जनाएको छ ।

नागरिकता किर्ते सम्बन्धी कसुरमा सिरोहिया गत मंगलबार उनको कार्यालयबाटै पक्राउ परेका थिए । उनीमाथि अनुसन्धान गर्न प्रहरीलाई धनुषा जिल्ला अदालतले पहिलो र दोस्रो पटक तीन – तीन दिनको म्याद दिइसकेको छ ।

दोस्रो पटक म्याद थपेकै दिन सिरोहिया भने अस्पताल भर्ना भएका थिए । अहिले उनी जनकपुरधामकै सबै भन्दा सुविधा सम्पन्न अस्पतालमा उपचाररत छन् । उनलाई अस्पतालबाटै अदालत लैजाने प्रहरीले जनाएको छ ।

अदालत लैजानुअघि सिरोहियाको स्वास्थ्य अवस्थाबारे अस्पतालसँग जानकारी लिइने बुझ्ने धनुषाका प्रहरी प्रवक्ता डिएसपी रञ्जन अवाले जानकारी दिए ।

स्वास्थ्य अवस्था जटिल भए भिडियो कन्फरेन्स मार्फत जिल्ला सरकारी वकिलको कार्यालयसँग छलफल गरी अदालतमा म्याद थपको लागि सिफारिस गरिने प्रहरीको भनाई छ ।

उच्च रक्तचाप र मुटु सम्बन्धी समस्या देखिएको भन्दै सिरोहियालाई अस्पताल लगिएको थियो । प्रहरीको निगरानीमा अस्पतालमा रहेका सिरोहियालाई भेट्न रोक लगाइएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved