टिपरले माइक्रोबसलाई ठक्कर दिँदा १३ जना घाइते

नेपालभ्युज

टिपरले माइक्रोबसलाई ठक्कर दिँदा १३ जना घाइते

काठमाडौं । चितवनमा टिपरले माइक्रो बसलाई ठक्कर दिँदा १३ जना घाइते भएका छन् ।

मुग्लिनबाट काठमाडौं आइरहेको बा३ख ६६१० नम्बरको माइक्रोबस र विपरीत दिशामा रहेको टिपर पृथ्वीराजमार्गअन्तर्गत चितवनको इच्छाकामना–४ कुरिनटारमा आज बिहान ठोक्किएका थिए ।

दुर्घटनामा १३ जना घाइते भएका छन् । घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर छ । घाइतेहरुको नयाँ मेडिकल कलेज भरतपुर उपचार भइरहेको इलाका प्रहरी कार्यालय मुग्लिनले जनाएको छ ।

अर्का एक घाइतेलाई भने काठमाडौँ ल्याइएको छ । माइक्रोबस ‘ओभरटेक’ गर्ने क्रममा टिपरसँग ठोक्किएको प्रहरीको भनाई छ ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved