काठमाडौंको थलीमा भक्तपुरका नगरकोटी मृत भेटिए

नेपालभ्युज

काठमाडौं । काठमाडौंको कागेश्वरी मनोहराको थलीमा आज बिहान भेटिएको शवको परिचय खुलेको छ ।

बेवारिशे अवस्थामा भेटिएको शव भक्तपुर–७, छालिङका ५२ वर्षीय कृष्ण नगरकोटी भएको खुलेको हो ।

शवको साथमा रहेको सवारी चालक प्रमाण पत्रका आधारमा परिचय यकिन भएको प्रहरी वृत्त बौद्धले पुष्टि गरेको हो ।

घटनाबारे थप अनुसन्धान भइरहेको छ । थलीको उकालोमा शव देखेपछि मर्निङ्वाक गर्नेले प्रहरीलाई खबर गरेका थिए । कालो कपडाले मुख छोपेको र रगत बगिरहेको अवस्थामा शव भेटिएको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved