एम्बुलेन्सको ठक्करबाट एक महिलाको मृत्यु, अन्य दुइजना घाइते

नेपालभ्युज

एम्बुलेन्सको ठक्करबाट एक महिलाको मृत्यु, अन्य दुइजना घाइते

काठमाडौं । रुपन्देहीको बुटवलमा बिरामी बोकेको एम्बुलेन्सले ठक्कर दिदा आज बिहान एक महिलाको मृत्यु भएको छ । जिल्ला अस्पताल अर्घाखाँचीको एम्बुलेन्सको ठक्करबाट अन्य दुई महिला गम्भिर घाइते भएका छन् ।

एम्बुलेन्सको ठक्करबाट बुटवल उपमहानगरपालिका वडा नं ११ बस्ने कमला नेपालीको मृत्यु भएको हो भने ५५ वर्षीया हरिकला नेपाली र ३५ वर्षीया झुपा ठडराई घाइते भएका हुन् ।

उनीहरुको लुम्बिनी प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ । बुटवल उपमहानगरपालिका वडा नम्बर १३ झोलुंगेपुलनजिकै मर्निङ वाकमा निस्किएका ३ जनालाई एम्बुलेन्सले ठक्कर दिएको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved