जीप दुर्घटनामा २ जनाको मृत्यु, १३ जना घाइते

नेपालभ्युज

जीप दुर्घटनामा २ जनाको मृत्यु, १३ जना घाइते

काठमाडौं । पाल्पाको निस्दीमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा अन्य १३ यात्रु घाइते भएका छन् ।

दुर्घटनामा निस्दी गाउँपालिका–४, घ्याङसीवासका १६ वर्षीय तेजन सोमै र बेलखर्कका ७ वर्षीय राजीव सुनारीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

लु १ ज ३३२४ नम्बरको जीप बुधबार बेलुका निस्दी गाउँपालिकाको बेलखर्कस्थित भित्री सडकमा दुर्घटनामा परेको थियो । घाइतेको चितवन र पूर्व नवलपरासीमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved