सुकेधारामा मृत भेटिएका युवकको पहिचान खुल्यो

नेपालभ्युज

काठमाडौं । सुकेधारामा मृत अवस्थामा भेटिएका युवकको पहिचान खुलेको छ ।

मृतक खोटाङको हलेसी तुवाचुङ नगरपालिका-७ घर भएका ४४ वर्षीय भीषण गिरी रहेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी एवं प्रवक्ता नवराज अधिकारीले जानकारी दिए ।

मंगलबार बिहान सुकेधारा चोक नजिकैको नालामा ती युवक मृत अवस्थामा भेटिएका थिए ।

घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved