काठमाडौँ। बत्तिसपुतली स्थित शिल्पी थिएटरमा काठमाडौँ प्रज्ञा कुञ्ज बिद्यालयले पाँच दिने नाट्य सप्ताह सुरु गरेको छ।
बैशाख ३१ गतेदेखि सुरु भएको नाट्य सप्ताहमा पाँच जना रङ्गकर्मीले निर्देशन गरेको १५ वटा नाटक मञ्चन गरिने विद्यालयका नाट्य निर्देशक तथा लेखक टंक चौलागाईंले जानकारी दिए। सप्ताहमा मञ्चन हुने नाटकहरुमा कक्षा चारदेखि दस सम्म अध्ययनरत विद्यार्थीहरुले अभिनय गरेका छन्। हरेक दिन तीन वटा नाटक मञ्चन हुनेछ।
नाट्य सप्ताहमा कालु र बाघ, सानी र परी, इमान्दार दाउरे, उज्यालोतिर, चकलेट, खेल्ने बेला खेल्छौँ पढ्ने बेला पढ्छौँ, हिराको भोटो, श्रवणकुमारको कथा, द फिनिस लाइन, शिशिर बसन्त, चार्ली एन्ड द चकलेट फ्याक्ट्री, ब्युटी ईज अ बिस्ट, फूलको भाषा, दुःखी राजकुमारी, पापवुद्धि धर्मवुद्धि मञ्चन गरिने छ। मञ्चन हुने नाटकहरु टंक चाैलागाइँ , प्रतिक दुलाल, विजया कार्की, बिजय नेपाल र बनसरी पान्डेले निर्देशन गरेका छन्। नाटक हरेक दिन साँझ ५ बजेदेखि मञ्चन सुरु हुनेछ।
यही जेठ ४ गतेसम्म चल्ने नाट्य सप्ताहको पहिलो दिन, नाटक खेल्ने बेला खेल्छौ, पढ्ने बेला पढ्छौ, चकलेट र उज्यालो तिर मञ्चन गरिएको छ।
तस्वीरहरु:-

Facebook Comment
Comment