सिप्रदीले नयाँ भन्दै पुरानो टिपर बेचेको काठमाडौं महानगरको आरोप

नेपालभ्युज

सिप्रदीले नयाँ भन्दै पुरानो टिपर बेचेको काठमाडौं महानगरको आरोप

काठमाडौं । सिप्रदी ट्रेडिङले नयाँ भनेर पुराना सवारी साधन बिक्री गरेको भन्दै काठमाडौं महानगरपालिकाले ४ वटा सवारीसाधन फिर्ता गर्ने भएको छ ।

महानगरपालिकाले सोमवार पत्रकार सम्मेलन गर्दै सिप्रदीले नयाँ भन्दै पुराना गाडीहरु बिक्री गरेको प्राविधिक परीक्षणका क्रममा पुराना सवारीसाधन बिक्री गरेको जानकारी गराएको हो ।

नेपालका लासिग टाटाको आधिकारिक बिक्रेता सिप्रदीले नयाँ भनेर महानगरपालिकालाई ६ वटा सवारी बिक्री गरेको तर, ४ वटा भने पुराना रहेको पत्ता लागेको महानगरपालिकाका प्रवक्ता नविन मानन्धरले बताए ।

उनले महानगरले खरिद गरेका ६ वटा टिप्परकै ब्लुबुकमा उत्पादन वर्ष २०२२ उल्लेख गरेको तर, ४ वटा टिप्परको उत्पादन वर्ष २०२१ रहेको पाइएको बताए ।

महानगरले सिप्रदीलाई गाडी फिर्ता लैजान आग्रह गरेको पनि मानन्धरले जानकारी दिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved