काठमाडौं । नारायणी नदीमा अत्याधुनिक पुल बन्ने भएको छ । चितवन र पूर्वी नवलपरासीलाई जोड्ने नारायणी नदी माथि नयाँ पुल बनाउन लागिएको हो । पुलको प्रधानमन्त्री पुष्पकमल दाहालले आज शिलान्यास गर्ने भएका छन् ।
यसका लागि प्रधानमन्त्री प्रचण्ड हिजै चितवन पुगेका छन् । प्रधानमन्त्री प्रचण्डले पूर्वपश्चिम राजमार्गको नारायणगढस्थित नारायणी नदीमा बन्न लागेको नयाँ पुलको बिहान ९ बजे सिलान्यास गर्नेछन् । पश्चिम नेपाललाई पुलले पूर्वी नेपाल तथा काठमाडौं जोड्ने छ ।
अत्याधुनिक प्रविधिमा आधारित सो पुल केबल स्टेट ब्रिजमा आधारित रहेर बनाइन्छ । सडक विभागको पुल महाशाखाले पुल निर्माणको काम सुरु गरेको हो । अहिले भएको नारायणी नदीको पुल भन्दा पूर्व तर्फ नयाँ पुल बन्नेछ ।
चार सय २० मिटर लामो सो पुलको चौडाइ १२ मिटर रहने छ । बिचमा दुई पिलर रहने सो पुलमा पिलरको बिच भाग २१० मिटर फराकिलो छ । जसमा पानी जहाज समेत सहजै ओहोरदोहोर गर्न सक्नेगरी डिजाइन गरिएको छ ।
झन्डै १ अर्ब ६८ करोड रुपियाँ लागतमा निर्माण हुन लागेको सो पुल निर्माणका लागि सन् २०२३ जुन २ मा तुँदी कन्स्ट्रक्सन प्रालिसँग सम्झौता गरिएको छ । चार वर्षमा पुल निर्माण सकिने लक्ष्य राखिएको छ । नारायणीको पुल जीर्ण भएसँगै नयाँ पुल निर्माणको काम सुरु गरिएको हो । नारायणी माथि रहेको अहिलेको पुल विसं २०३८ मा बनेको हो ।
Facebook Comment
Comment