कामीरिता शेर्पाले गरे २९ औं पटक सगरमाथाको आरोहण, आफ्नै कीर्तिमान भंग

नेपालभ्युज

कामीरिता शेर्पाले गरे २९ औं पटक सगरमाथाको आरोहण, आफ्नै कीर्तिमान भंग

काठमाडौं । कामीरिता शेर्पाले २९औं पटक सगरमाथाको आरोहण गरेका छन् । सबैभन्दा धेरै पटक सगरमाथाको चुचुरोमा पुगेको आफ्नै रेकर्ड कामीरिताले तोडेका हुन् ।

उनी आइतबार बिहान ७ बजेर २५ मिनेटमा सगरमाथाको शिखरमा पुगेको आरोहण टोलीका तासी लाक्पा शेर्पाले बताए ।

उनले गत वर्ष एउटै सिजनमा दुई पटक सगरमाथाको सफल आरोहण गरेका थिए । सोलुखुम्बुका कामीरिताले सन् १९९२ बाट सगरमाथा आरोहणको यात्रा सुरु गरेका थिए ।

५४ वर्षीय शेर्पाले सगरमाथाका साथै माउन्ट केटु, चोयु, ल्होत्से, मनास्लुलगायतका हिमालको समेत आरोहण गरेका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved