अनुसन्धानलाई सहयोग गर्न गायक रवि ओडले गरे आत्मसमर्पण

नेपालभ्युज

अनुसन्धानलाई सहयोग गर्न गायक रवि ओडले गरे आत्मसमर्पण

काठमाडौं । वैवाहिक बलात्कारको आरोप खेपेका नेपाल आइडल सिजन २ का विजेता गायक रवि ओडले प्रहरीमा आत्मसमर्पण गरेका छन् । ओडले कञ्चनपुरको इलाका प्रहरी कार्यालय झलारीमा गत बिहिबार आत्मसमर्पण गरेका हुन् ।

वैवाहिक बलात्कारको आरोप लगाउँदै उनकी श्रीमतीले गत २० चैतमा उजुरी दिएकी थिइन् । ओड साङ्गीतिक कार्यक्रममा देश बाहिर रहेकाले पक्राउ परेका थिएनन् । नेपाल आए लगत्तै उनी आफै इलाका प्रहरी कार्यालय झलारी पुगेर आत्मसमर्पण गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक (डीएसपी) उमेश जोशीले जानकारी दिए ।

अदालतबाट पाँच दिनको म्याद थप गरेर उनी माथि अनुसन्धान भइरहेको छ । ओड अहिले इलाका प्रहरी कार्यालय झलारीको हिरासतमा छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved