नातिनीको अन्तरजातीय विवाह गराएको भन्दै वृद्ध दम्पत्तीमाथि कुटपिट

नेपालभ्युज

नातिनीको अन्तरजातीय विवाह गराएको भन्दै वृद्ध दम्पत्तीमाथि कुटपिट
मुर्ली झा र उनकी श्रीमती कलादेवी

काठमाडौं । नातिनीको अन्तरजातीय विवाह गराएको भन्दै धनुषामा एक परिवारमाथि गाउँलेले कुटपिट गरेका छन् ।

मिथिला बिहारी नगरपालिका–१० का ९० वर्षीय मुर्ली झा र उनकी श्रीमती कलादेवीमाथि गाउँलेले कुटपिट गरेका हुन् ।

जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक रञ्जन अवाका अनुसार घटना गत मंगलबार साँझको हो ।

मुर्लीकी बुहारी सरिता झाले परिवारका सदस्यहरूमाथि कुटपिट भएको भन्दै प्रहरीमा उजुरी दिएपछि घटना बाहिरिएको हो ।

गत सोमबार सरिताकी २३ वर्षीया छोरी महिमाले धनुषाधाम नगरपालिकाका प्रहन्द शिवहरेसँग प्रेम विवाह गरेकी थिइन् ।

सोही विषयमा अन्तरजातीय विवाह गराएर सामाजिक सद्भाव बिगारेको भन्दै गाउँलेले वृद्ध दम्पत्तीमाथि कुटपिट गरेको पाइएको प्रहरीले जनाएको छ ।

प्रहरीमा दर्ता भएको उजुरीमा वडासदस्य ४० वर्षीय धर्मकान्त झा, ४० वर्षीय सरोज झा र २० वर्षीय नरेश झाले कुटपिट गरेको उल्लेख छ ।

उनीहरूले विवाह खारेज गर्नसमेत दबाब दिएको पाइएको छ । पीडित परिवारले उनीहरूलाई कारबाही गर्दै सुरक्षा दिन माग गरेको छ ।

उजुरीपछि घटनाबारे अनुसन्धान भइरहेको डीएसपी अवाले जानकारी दिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved