मध्य अफ्रिकी गणतन्त्रमा डुङ्गा डुब्यो, ५८ जनाको मृत्यु

नेपालभ्युज

मध्य अफ्रिकी गणतन्त्रमा डुङ्गा डुब्यो, ५८ जनाको मृत्यु

एजेन्सी । मध्य अफ्रिकी गणतन्त्रको राजधानी बान्गुईमा एउटा डुङ्गा नदीमा पल्टिँदा कम्तीमा ५८ जनाको ज्यान गएको छ । अरू थुप्रै हराइरहेका छन् ।

प्रत्यक्षदर्शी र सामाजिक सञ्जालमा राखिएका भिडियोअनुसार डुङ्गामा तीन सय जनाभन्दा धेरै मानिस सवार रहेको देखिन्छ । डुङ्गा मपोको नदीमा पल्टिएको समाचार संस्था एएफपीले जनाएको छ ।

५८ जनाको शव पानीबाट निकालिएको छ । कति मानिस हराएका छन् भन्ने एकिन नभएको र खोजी तथा उद्वारको काम भैरहेको बान्गुई सहरका अधिकारीले जनाएका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved