सुदूरपश्चिम र कर्णाली प्रदेशमा आंशिक बदली, तराईका केही स्थानमा हावाहुरी चल्ने

नेपालभ्युज

सुदूरपश्चिम र कर्णाली प्रदेशमा आंशिक बदली, तराईका केही स्थानमा हावाहुरी चल्ने

काठमाडौं । सुदूरपश्चिम र कर्णाली प्रदेशमा आंशिक बदली भएको छ भने बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहेको छ ।

दिउँसो कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रहने छ भने देशका बाँकी भुभागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

कोशी, गण्डकी र कर्णाली प्रदेशको पहाडी भू–भागका केही स्थानमा मेघगर्जन-चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना छ । कोशी, गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपात हुने महाशाखाको अनुमान छ ।

लुम्बिनी र कोशी प्रदेशका तराई भुभागका एक–दुई स्थानमा हावाहुरी चल्ने महाशाखाले जनाएको छ ।

त्यस्तै, आज राती कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशमा आंशिक बदली रही बाँकी भू–भागको मौसम मुख्यतया सफा रहने छ ।

काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम १६ दशमलव २ डिग्री सेल्सियस मापन गरिएको छ भने अधिकतम तापक्रम ३२ दशमलव २ डिग्रीसम्म पुग्ने अनुमान गरिएको छ ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved