कांग्रेसले बहिष्कार गरेपछि गण्डकी प्रदेशसभा बैठक स्थगित

नेपालभ्युज

कांग्रेसले बहिष्कार गरेपछि गण्डकी प्रदेशसभा बैठक स्थगित

काठमाडौं । प्रतिपक्षी दल नेपाली कांग्रेसले बहिष्कार गरेपछि गण्डकी प्रदेशसभा बैठक स्थगित भएको छ।

सभामुख कृष्णप्रसाद धितालले अर्को सूचना नआउँदा सम्मका लागि प्रदेशसभा बैठक स्थगित गरेका हुन्।

प्रदेशसभा बैठकमा सभामुख धितालले प्रदेश प्रमुख डिल्लीराज भट्टले संसद् बैठक आह्वानको सूचना पढेर सुनाए ।

यसअघि कांग्रेसले संविधानको भावनाविपरीत मुख्यमन्त्री खगराज अधिकारी नियुक्त भएको र कामचलाउ सरकारले अधिवेशन बोलाएको भन्दै बैठक बहिष्कार गर्ने भन्दै सभामुख धिताललाई जानकारी गराएको थियो ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved