मुग्लिङ–पोखरा सडक: चिनियाँ कम्पनीको हेपाहा पारा, समयावधि सकिँदा ५५ प्रतिशत मात्रै काम

चाइना कम्युनिकेसन कन्स्ट्रक्सन कम्पनीले पाएको पूर्व खण्डको निर्माणको सम्झौता आइतबार सकिएको छ भने काम भने आधा बाँकी रहेको हो ।

नेपालभ्युज

मुग्लिङ–पोखरा सडक: चिनियाँ कम्पनीको हेपाहा पारा, समयावधि सकिँदा ५५ प्रतिशत मात्रै काम
पृथ्वी राजमार्ग अन्तर्गत आँबुखैरेनी–पोखरा सडक विस्तार तथा स्तरोन्नतिमा भएको ढिलाइले खराब अवस्थाको सडक। तस्वीर : सरोज बस्नेत\नेपालभ्युज

काठमाडौं । पृथ्वी राजमार्गअन्तर्गत पोखरा–मुग्लिङ सडकखण्डको आँबुखैरेनीदेखि पोखरासम्मको करिब ८१ किलोमिटर सडकको स्तरोन्नतिको काममा चिनियाँ कम्पनीले पाएको ठेक्काको म्याद सकिँदा ५५ प्रतिशत मात्रै काम सकिएको छ ।

चाइना कम्युनिकेसन कन्स्ट्रक्सन कम्पनीले पाएको पूर्व खण्डको निर्माणको सम्झौता आइतबार सकिएको छ भने काम भने आधा बाँकी रहेको हो ।

सडकखण्डअन्तर्गत आँबुखैरेनीदेखि पोखरासम्मको क्षेत्रलाई दुई प्याकेज पूर्व र पश्चिम खण्डमा छुट्टाइएको छ । पूर्व खण्डमा आँबुखैरेनीदेखि जामुनेसम्मको ४१.४५ किलोमिटर र पश्चिम खण्डमा जामुनेदेखि पोखरासम्मको ३८.८८ किलोमिटर क्षेत्र तेकिएको छ ।

चाइना कम्युनिकेसन कन्स्ट्रक्सन कम्पनीले पाएको पूर्व खण्डको निर्माणको सम्झौता २ वैशाख ०८१ मा म्याद सकिएको छ । निर्माण सक्ने गरी ६ अर्ब २१ करोड ३१ लाखमा कम्पनीले १४ माघ ०७७ मा ठेक्का सम्झौता गरेपनि आधामात्र सकिएको छ ।

समय सकिँदा पनि निर्माण कार्य भने ५५ प्रतिशत मात्र भएको आयोजनाले जनाएको छ । ३० चैत ०८० सम्म एक साइड २६ किलोमिटरसँगै १८ किलोमिटर दुईतर्फी पिच भएको छ ।

यस क्षेत्रमा मेजर चार र माइनर १४ गरी १८ वटा मोटरेबल पुल छन् । त्यसमध्ये दुई मेजर पुलबाहेक सबै निर्माण भइसकेको छ ।

कुशासनको कुरूप नमुना : ‘स्वर्ग’ जाने ‘नर्क’को बाटो !

पश्चिमतर्फको म्याद भने १२ भाद्र ०८१ सम्म छ । चार महिना मात्रै समय बाँकी रहेको पश्चिमको निर्माण कार्य पनि २० प्रतिशत मात्र सम्पन्न भएको छ ।

सम्झौता म्याद सकिएसँगै निर्माण कम्पनी चाइना कम्युनिकेसन कन्स्ट्रक्सन कम्पनीले समय थप मागेको छ । परामर्शदातासँग चार सय ५६ दिन थप समय माग गरेको आयोजनाले जनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved