अमेरिकाले पत्नीको हत्यापछि फरार भद्रेशलाई पक्राउ गर्न सहयोग गर्नेलाई २५ हजार डलर दिने

नेपालभ्युज

अमेरिकाले पत्नीको हत्यापछि फरार भद्रेशलाई पक्राउ गर्न सहयोग गर्नेलाई २५ हजार डलर दिने

काठमाडौं । संयुक्त राज्य अमेरिकाको संघीय अनुसन्धान ब्यूरो (एफबीआई)ले भारतीय मूलका भद्रेश पटेललाई पक्राउ गर्न सहयोग गर्नेलाई २५ हजार अमेरिकी डलर पुरस्कारको घोषणा गरेको छ ।

एफबीआईले एक भिडियो सार्वजनिक गरेको छ जसमा भद्रेश पटेललाई आफ्नी श्रीमतीको हत्या गरेको आरोप लगाएको छ ।

एफबीआईले सन् २०१७ देखि भद्रेश कुमारको खोजी गरिरहेको थियो र उनलाई ‘मोस्ट वान्टेड’ को सूचीमा राखिएको थियो।

एफबीआईले जारी गरेको भिडियो अनुसार सन् २०१५ अप्रिलमा पटेल र उनकी श्रीमती पलकले डन्किन डोनट्समा नाइट शिफ्ट गरेका थिए ।

त्यस क्रममा पटेलले आफ्नी श्रीमती पलकको हत्या गरेको आरोप छ।

उक्त घटनापछि भद्रेश कुमार फरार छन् र एफबीआई उनको खोजीमा जुटेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved