एसीसी प्रिमियर कपमा नेपाल आज कतारसँग खेल्दै

नेपालभ्युज

एसीसी प्रिमियर कपमा नेपाल आज कतारसँग खेल्दै

काठमाडौं । एसीसी प्रिमियर कपमा आज नेपालले कतारसँग खेल्दैछ । ओमानमा हुने खेल नेपाली समय अनुसार पौने ४ बजे शुरु हुने छ ।

नेपालले प्रिमियर कपको पहिलो खेलमा हिजो मलेसियालाई ५ विकेटले पराजित गरेर विजयी शुरुवात गरेको छ । कतार भने पहिलो खेलमा हङकङसँग २६ रनले पराजित भएको छ ।

साबिक विजेता नेपाल आज लगातार दोस्रो जित निकाल्ने लक्ष्यका साथ मैदानमा उत्रिँदा कतार पहिलो जितको खोजीमा हुनेछ । १० टिम सहभागी प्रतयोगिताको समूह एमा नेपाल र मेलसियासँग हङकङ, कतार र साउदी अरेबिया छन् ।

उपाधि जित्ने टिम सन् २०२५ को एसिया कपका लागि छनोट हुनेछ । नेपालले वैशाख ३ गते हङकङ र ५ गते साउदी अरेबियासँग प्रतिस्पर्धा गर्ने तालिका छ ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved