एसीसी प्रिमियर कपमा नेपालले आज मलेसियासँग खेल्ने, उपाधि रक्षा गर्ने चुनौती

नेपालभ्युज

एसीसी प्रिमियर कपमा नेपालले आज मलेसियासँग खेल्ने, उपाधि रक्षा गर्ने चुनौती

काठमाडौं । एसीसी प्रिमियर कपमा नेपाल आज मलेसियासँग खेल्दै छ । ओमानमा आज सुरु हुने कपमा नेपालले पहिलो खेल मलेसियासँग खेल्न लागेको हो । खेल नेपाली समयअनुसार अपराह्न सवा ४ बजे सुरु हुनेछ ।

साविक विजेता नेपाली टोली उपाधि रक्षा गर्ने लक्ष्यसहित मैदान उत्रने छ । नेपालले शनिबार वैशाख १ गते कतार, ३ गते हङकङ र ५ गते साउदी अरेबियासँग प्रतिस्पर्धा गर्ने तालिका छ ।

नेपाल सम्मिलित समूह ‘ए’ मा हङकङ, मलेसिया, कतार र साउदी अरब छन् । टी–ट्वन्टी विश्वकपको तयारीका लागि नियमित अभ्यास गरिरहेको नेपाल एसीसी प्रिमियर कपको सशक्त दाबेदार टिम हो ।

आजै ओमान र बहराइन तथा युएई र कुवेत तथा हङकङ र कतारबीच पनि खेल हुनेछ ।

प्रतियोगिताको विजेता टोली सन् २०२५ को टी–ट्वन्टी एसिया कपमा छनोट हुनेछ ।

अघिल्लो वर्ष घरेलु मैदानमै भएको एसीसी प्रिमियर कप जितेर पहिलोपटक एसिया कप खेलेको नेपालले भारत र पाकिस्तानजस्ता बलिया टोलीविरुद्ध प्रभावशाली प्रदर्शन गरेको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved