आईपीएल क्लबले आगामी सिजन अक्सनमा सय करोड खर्चिन पाउने!

नेपालभ्युज

आईपीएल क्लबले आगामी सिजन अक्सनमा सय करोड खर्चिन पाउने!

काठमाडौं । भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (BCCI)ले इन्डियन प्रिमियर लिग (IPL) क्लबका मालिकहरूको बैठक आह्वान गरेको छ ।

भारतीय सञ्चारमाध्यमका अनुसार बीसीसीआई र क्लबका मालिकहरूबीचको बैठक अप्रिल १६ तारिखमा अहमदाबादमा हुनेछ ।

सो बैठकमा आगामी सिजनका लागि हुने आईपीएलको अक्सन रकमबारे छलफल हुनेछ ।

क्लब मालिकहरूको अक्सन रकम बढाउनु पर्ने माग राखेपछि बीसीसीआईले छलफल गर्न लागेको हो ।

उक्त बैठकमा क्लब मालिकहरूले रिटेन गर्न पाउने खेलाडीको संख्याको विषयमा पनि छलफल हुने बीसीसीआईले जनाएको छ ।

क्लबहरूले ‘रिटेन’ गर्न पाउने खेलाडीको संख्या आठ पुर्याउनु पर्ने माग गर्दै आइरहेका छन् । आईपीएलको नियम अनुसार, हाल प्रत्येक क्लबले बढीमा चारजना खेलाडीमात्र ‘रिटेन’ गर्न पाउँछन् ।

साथै, प्रत्येक क्लबले थप एकजना खेलाडीलाई राइट टु म्याच कार्डका आधारमा अनुबन्ध गर्न पाउनेछ ।

सो बैठकमा बृहत रूपमा अक्सनमा खर्च गर्न पाउने रकमको सीमाबारे पनि छलफल हुनेछ ।

क्लबहरूको मागअनुसार आगामी सिजनदेखि प्रत्येक क्लबहरूले अक्सनमा एक सय करोड खर्चिन पाउने सम्भावना रहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । सो बैठकले यसबारे निर्णय गर्ने तयारी छ ।

हाल मेगा अक्सनमा प्रत्येक क्लबले खेलाडी खरिदका लागि बढीमा ९० करोड भारतीय रूपैयाँ खर्च गर्न पाउँछन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved